तालचोकमा ग्राहक कुटेको आरोपमा दोहोरी साँझका सञ्चालक प्रकाउ
पाेखरा | बैशाख २५, २०८१
पोखरा: पोखरा महानगरपालिका–२७ तालचोकस्थित एक दोहोरी साँझका सञ्चालकले ग्राहक कुटेको आरोपमा प्रहरीले एकजनालाई प्रकाउ गरेको छ ।
दोहोरी साँझमा गएका तेजबहादुर गुरुङलाई कुटपिट गरी गम्भिर घाइते बनाएर फरार रहेको जाहेरीको आधारमा प्रहरीले तालचोकबाट हिजो (सोमबार) ३२ वर्षीय सुनिल बस्नेतलाई प्रकाउ गरेको हो ।
शनिबार राति तालचोकस्थित सातताल दोहोरी साँझ तथा रेष्टुरेन्टमा गएका गुरुङलाई सञ्चालक बस्नेतले कुटपिट गरेका थिए ।
प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ज्यानमार्ने उद्योगमा ८ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्...
इटहरी: गोलीसहितको पेस्तोल र केही परिमाणमा लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...

